सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि पुगे मुख्यमन्त्री भट्ट सेती अस्पताल, सेवा प्रवाह चुस्त बनाउन दिए निर्देशन

२०८३ भदौ १६, ०२:२३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको अवलोकन गरेका छन्। मङ्गलवार अस्पतालको निरीक्षण गर्दै उनले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

आफ्नो प्रतिबद्धताअनुसार सेती प्रादेशिक अस्पतालको दोस्रो पटक अनुगमन गर्दै मुख्यमन्त्री भट्टले अस्पतालमा आउने कुनै पनि नागरिक सेवा लिनबाट वञ्चित हुन नहुने बताए।

उनले अस्पतालमा उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहमा सुधार गर्न निर्देशन दिए। थप्नुपर्ने सेवा–सुविधाका विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री भट्टले अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए। सेवा लिन आउने नागरिकले अनावश्यक ढिलासुस्ती र झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए।

अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा समेत प्रदेश सरकारले ध्यान दिने मुख्यमन्त्री भट्टले बताए। उनले अस्पतालको समग्र व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए।

कमेन्ट लोड गर्नुस