सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको एक घरमा आगलागी, धनमाल जलेर नष्ट

२०८३ भदौ १४, ०७:५७ खबर संवाददाता

बाजुराः बाजुराको एक घरमा आगलागी भएको छ।

जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ बमझाडा बस्ने जय धन कामीको घरमा खाना पकाउने क्रममा शनिबार बिहान आगलागी भएको हो। आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस