सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८३ भदौ १४, ०७:४७ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ७२ हजार ६६० बराबरको सामान बरामद गरेको हो। कैलालीबाट भन्सार छलीको कपडा, सुर्ति र बिडि लगायतका
सामान शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–२ खैरेनीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३८ हजार ७ सय बराबरको पेय पदार्थ, सुर्ति, बिडी र चिनि लगायतका सामान शनिबार प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस