भोटेकोशी बाढीमा बझाङका जनकराज बोहरा सम्पर्कविहीन
धनगढी: भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका-५ घर भएका जनकराज बोहरा सम्पर्कविहीन भएका छन्।
सिभिल इन्जिनियर बोहरा माथिल्लो त्रिशूली-१ जलविद्युत परियोजनामा कार्यरत रहेको अवस्थामा सम्पर्कविहीन भएका हुन्।
इन्जिनियर बोहरालाईको परिवारले उनी सुरक्षीत रहेको आशा गर्दै भेट्टाएमा मोबाइल नम्बर ९८४७५९५३१५ र ९८५१३३०५४९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।