भोटेकोशी बाढी: ६२६ शव फेला
काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा ८ हजार ८३८ जना नेपाल प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। यस्तै ४ हजार ८२८ सशस्त्र प्रहरी र दुई हजार ८ सय नेपाली सेना उद्दार कार्यमा पारिचालन गरिएको सरकारले जनाएको छ।
नेपाल प्रहरीले शनिवार अपराह्न सार्वजनिक गरेको विवरणअनुासर बाढी तथा पहिरोमा परी हालसम्म ६२६ जनाको शव फेला परेको परेको छ।
फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ८९, चितवनमा २३३, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जना रहेका छन्।
त्यस्तै, बाढी तथा पहिरोमा परेका २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका १ हजार ६२२ र धादिङका ३ जना रहेका छन्।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको क्षेत्रमा सुरक्षा निकायले खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी उद्धार तथा राहतका काम भइरहेका छन्