सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन

२०८३ भदौ १३, १२:१७ खबर संवाददाता

धनगढी: रसुवास्थित भोटेकोशीमा गत बुधबार आएको बाढीमा परेर डोटीका दीपक महरा सम्पर्कविहीन भएका छन्। डोटीको शिखर नगरपालिका-४ घर भएका महरा हाइड्रोपावर निरीक्षणको क्रममा केरुङ पुगेका थिए। भदौ ९ गते हाइड्रोपावर निरीक्षणका लागि महरासहित चार जना रसुवा पुगेको महराको परिवारले जानकारी दिएको छ।

महरा केरुङ हाइड्रोपावर २३० केभी मैलुङ्गबाट सम्पर्कविहीन भएको बताइएको छ। उनको मोबाइलको अन्तिम लोकेसन त्रिसुली टावरमा देखिएको तथा बुधबार बिहान ९:१२ मा मोबाइल अफ भएको बताइएको छ।

महरालाई फेला पार्ने जोकोहील ९८५८४८९००० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

कमेन्ट लोड गर्नुस