सुदूर नेपाललाई विश्वसँग जोड्दै

४ ग्राम ७४० मिलिग्राम ब्राउनसुगरसहित कैलालीमा एक पक्राउ

२०८३ भदौ १२, १२:०२ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी कालाकुण्डबाट खटिएको टोलीले बिहीबार दिउँसो टीकापुर नगरपालिका–२ अस्नेरीका ३१ वर्षीय राजेश चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट ४ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस