भारतबाट भन्सार छली ल्याइएका १ लाख १३ हजारका सामान कञ्चनपुरमा बरामद
कञ्चनपुरः कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार बेवारिसे अवस्थामा रहेका सुटपिस, धोती, किराना लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएका सामानको अन्दाजी मूल्य १ लाख १३ हजार ३ सय ९० रुपैयाँ रहेको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।