सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाग १ : सिक्किम र नेपालको सम्बन्ध

पूर्वी नेपालसंग जोडिएको सिक्किममा नेपाली भाषीहरुको बसोबास छ। सिक्किम र नेपाल सन १६४२ पछि विभाजन भएको मानिन्छ। टिस्टा सम्म रहेको नेपाल सुगौली सन्धी पछि खुम्चीएको थियो। अहिले पनि सिक्किममा बसोबास गर्नेहरु नेपाल र नेपालीसंग ऐतिहासिक सम्बन्ध रहेको बताउँछन्। 
सन् १६०० मा तिब्बतका भोटेहरूले सिक्किममा आक्रमण गरेको थिए। सन् १७०० को उत्तरार्धमा नेपालले सिक्किममा आक्रमण गरेपछि ठूलो संख्यामा नेपालीहरू त्यहाँ बसोबास गर्न थाले। सिक्किम अब समाप्त हुने भयो भनी सिक्किमका राजाले इष्ट इन्डिया कम्पनी बेलायती शासकसित सहायताको याचना गरेको इतिहास छ। 

कमेन्ट लोड गर्नुस