भोटेकोशी बाढीपछि २ सय ८८ भारतीय सम्पर्कविहीन, २१ को उद्धार
भोटेकोशीः भोटेकोशीमा आएको बाढीपछि २ सय ८८ जना भारतीय नागरिक सम्पर्कविहीन रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
सम्पर्कविहीन रहेका भारतीय नागरिकमध्ये ७३ जना त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत रहेको जनाइएको छ ।
बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले त्यसबाहेक कैलाश मानसरोवर यात्रामा गएका तमिलनाडुका ३७ र ४९ जना भारतीय नागरिकको अलगअलग समूह सम्पर्कविहीन रहेको उल्लेख गरेका छन् ।
बिहीबार अपरान्ह १ बजेसम्म २१ जना भारतीय नागरिकको सफल उद्धार समेत भएको उनले जानकारी दिएका छन् ।