सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपछि पूर्वी र पश्चिम नवलपरासीमा १ सय २ शव फेला

२०८३ भदौ ११, ०४:०६ खबर संवाददाता

नवलपरासीः भोटेकोशी बाढीपछि पूर्वी र पश्चिम नवलपरासीमा १ सय २  शव फेला परेका छन् ।

पूर्वी नवलपरासीमा बिहीबार दिउँसोसम्म ८१ वटा शव फेला परेका हुन् । ३३ पुरुष, २२ महिला, ९ बालिका, ६ बालक र लि‌ंग पहिचान नभएका ११ जनाको शव फेला परेको हो । फेला परेका शव नगर अस्पतल गैडाकोटमा ५०, मध्यबिन्दु नगर अस्पतालमा ५ र २६ वटा शव नदी किनारमै राखिएको छ ।

यता पश्चिम नवलपरासीको गण्डक क्षेत्रमा २१ वटा शव फेला परेको छ । नारायणी नदीको गण्डक क्षेत्रमा १२ पुरुष, ६ महिला, १ बालक र २ बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी मदन थापाले बताए । पश्चिम नवलपरासी क्षेत्रमा फेला परेका शव जिल्ला अस्पताल परासी, भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । जिल्लामा शव व्यवस्थापनको लागि पर्याप्त ठाउँ नहुँदा जिल्ला बाहिर पठाउनु परेको छ ।

नदी किनारमा खोजतलास लाई तीब्र पारिएको छ ।

कमेन्ट लोड गर्नुस