सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री

२०८३ भदौ १०, ०५:०२ खबर संवाददाता

काठमाडौँ:  परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीका कारण रसुवालगायत तल्लो तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा सरकार केन्द्रित रहेको बताएका छन् ।

विपद्को पछिल्लो अवस्थाबारे सरकारका तर्फबाट सदनलाई जानकारी गराउँदै उनले राहत परिचालन गर्न सरकारले राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा समन्वय गरिरहेको बताएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले रसुवा त्रिशूलीलगायत प्रहरीचौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरी तर्फका ९ जना र नेपाल सेनाकासहित ४४ जना सम्पर्कविहीन रहेको अवस्था छ । उनका अनुसार रसुवागढी भन्सार, अध्यागमन कार्यलगायत केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनुभएको अवस्था छ । प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्कभन्दा बाहिर रहेका छन् ।

कमेन्ट लोड गर्नुस