सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेलिकप्टरमार्फत सय बढीको उद्धार

२०८३ भदौ १०, ०४:५२ खबर संवाददाता

काठमाडौं: रसुवा बाढीमा फसेका सय बढीको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरे क्षेत्रबाट १३, मैलुङ क्षेत्रबाट ५, बेतावत्री क्षेत्रबाट ४, त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको छ।

उनीहरू सबैको नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको हो। बुधबार रसुवाको भोटेकोशीमा आकस्मिक बाढी आउँदा रसुवासँगै नुवाकोट, धादिङ, चितवनसहितका जिल्लामा ठूलो क्षति भएको छ।

कमेन्ट लोड गर्नुस