कैलालीको गोदावरीका २ जना लागुऔषधसहित पक्राउ
धनगढीः कैलालीको गोदावरीका २ जना लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट अवैध लागूऔषध ८७० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय विश्वेश्वर प्रसाद भट्टराई पक्राउ परेका हुन्। भट्टराईलाई इलाका प्रहरी कार्यालय अत्तरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ।
यसैगरी, गोदावरी नगरपालिका–१२ बाट अवैध लागूऔषध ब्राउनसुगर १५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय टेकबहादुर धामी पक्राउ परेका हुन्। धामीलाई इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका पक्राउ गरेको जनाएको छ।