कैलालीबाट भन्सार छलीको साडी र बोईलर कुखुरा लगायतका सामान बरामद
२०८३ भदौ ९, ०९:५८
धनगढीः कैलालीबाट भन्सार छलीको साडी र बोईलर कुखुरा लगायतका सामान बरामद गरिएको छ।
जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ७८ हजार बराबरको सामान बरामद गरेको हो। भन्सार छलीको साडी, बोईलर कुखुरा लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस