सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढ्यो

२०८३ भदौ ७, ११:२१ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो। असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १९ हजार ५०० कायम भएको छ। असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९७५ निर्धारण भएको छ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० र त्यति नै परिमाणको असली चाँदीको मूल्य रु चार हजार ९८५ कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस