सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अदालताका सवारी चालक एक लाख १० हजार घुससहित पक्राउ

२०७६ भदौ २६, ०४:२३ खबर संवाददाता

जिल्ला अदालत सिराहाका सवारी चालक एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले अदालतका सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुस सहित बिहीबार दिउँसो पक्राउ गरको हो।

सेवाग्राहीसँग न्यायाधीश मिलाएर मुद्दा जिताउने शर्तमा उनले घुस रकम लिएको अख्तियारले जनाएको छ। यादव सिरहा जिल्ला अदालतका ३ नम्बर न्यायाधीशका सवारी चालक रहेको बुझिएको छ। पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय बर्दिबास लगिएको छ।

यसअघि मंगलबार पनि अख्तियारले विद्युत प्राधिकरण सिरहाका एक कर्मचारी छेदिलाल साहलाई ८० हजार  रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
 

कमेन्ट लोड गर्नुस