सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

२०८३ भदौ २, १२:०४ रासस

काठमाडौैँ: स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य  रु २५ ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ।  सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको रु चार हजार सात सय ७० कायम भएको थियो।

कमेन्ट लोड गर्नुस