कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन ९ सय १० मिलिग्रामसहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–५ पबित्राबस्ती बस्ने २३ वर्षीय रोशन चौधरी, कैलाली गोदावरी नगरपालिका–३ बस्ने २८ वर्षीय राजेश ताम्रकार र २० वर्षीय राहुल ताम्रकार रहेका छन्। तीन्ै जनालाई अस्थायी प्रहरी पोष्ट गजरौला र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो।