सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

२०८३ साउन ३०, ११:५३ खबर संवाददाता

दाङः  कर्तव्य ज्यान मुद्दामा २३ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ।

प्रहरीका अनुसार साविक दाङ लक्ष्मीपुर गाविस वडा नं. ३ र ४ को सिमानामा पर्ने सिस्ने खोलास्थित क्षेत्रमा संजिव बुढा मगरको हत्या भएको घटनामा घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटी निवासी ज्ञानेन्द्र भन्ने ज्ञानबहादुर गिरी विरुद्ध मृतककी दिदीले किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीपछि गिरीका नाममा दाङ जिल्ला अदालत, घोराहीबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता फरार रहेका उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा २०८३ साल साउन २८ गते घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीस्थित लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका गिरीलाई दाङ जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस