सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ। हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य रु चार हजार ६६० कायम भएको छ। हिजो एक तोला चाँदी रु चार हजार सात सय ५० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।