जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कञ्चनपुरमा पक्राउ
महेन्द्रनगरः जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका एक जना प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११, गड्डाचौकी क्षेत्रबाट बेदकोट नगरपालिका–७, गौजी बस्ने ५५ वर्षीय अमरसिंह धामीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार धामी जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका थिए। पक्राउ परेका धामीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।