सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १५ वर्षीया बालिकालाई करणी गर्ने ८४ वर्षका वृद्ध पक्राउ

२०८३ साउन २९, ०७:३३ खबर संवाददाता

धनगढीः कैलालीमा १५ वर्षीया बालिकालाई करणी गर्ने ८४ वर्षका वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–९ बस्न ८४ वर्षका बिर बहादुर जाग्री रहेका छन्। जाग्रीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलिले बिहिबार दिउँसो पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस