सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० वर्ष कैद सजाय तोकिएका धनगढीका फरार प्रतिवादी पक्राउ

२०८३ साउन २८, १०:०२ खबर संवाददाता

धनगढीः कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कैलालीका ३१ वर्षीय पवन श्रेष्ठ पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बाट पक्राउ गरेको हो। उनी कैलालीको धनगढी उपमहानगरपालिका–१ का बासिन्दा हुन्।

सम्मानित कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेपछि श्रेष्ठ फरार रहेका थिए। प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई कारागार सुरक्षा गार्डको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस