सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक जना लागूऔषध र नगदसहित पक्राउ

२०८३ साउन २६, ०९:५९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक जना लागूऔषध र नगदसहित पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ बेली हनुमान मन्दिर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्राम र नगद ४ हजार ६७५ रुपैयासहित सोही ठाउँ बस्ने ३० वर्षीय रमेश राना पक्राउ परेका हुन्। रानालाई सोमबार दिउँसो प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस