सुदूर नेपाललाई विश्वसँग जोड्दै

एआरभी खोपको अभाव हट्यो, सेती अस्पतालमा पुनः निःशुल्क सेवा

२०८३ साउन २६, ०८:३८ लक्ष्मण ढुङ्गाल

धनगढीः सेती प्रादेशिक अस्पतालमा केही समयदेखि अभाव रहेको एआरभी खोप पुनः उपलब्ध भएको छ।

अस्पतालले सूचना जारी गर्दै अब एआरभी खोप सेवा नियमित रूपमा निःशुल्क उपलब्ध गराइने जनाएको हो। अस्पतालका अनुसार विगत केही समयदेखि एआरभी खोप उपलब्ध नहुँदा सेवा दिन समस्या भइरहेको थियो।

हाल सुदूरपश्चिम प्रदेश आपूर्ति केन्द्र, धनगढी कैलालीबाट एआरभी खोप प्राप्त भएपछि मंगलबार अर्थात् २०८३ साउन २५ गतेदेखि सेवा नियमित रूपमा सञ्चालन भएको अस्पतालले जनाएको छ। कुकुर, बिरालो लगायतका जनावरको टोकाइबाट रेबिजको जोखिम हुने भएकाले एआरभी खोप अत्यावश्यक मानिन्छ।

खोपको अभावका कारण सेवाग्राही समस्यामा परेको अवस्थामा पुनः आपूर्ति भएपछि बिरामीलाई राहत हुने भएको छ। अस्पतालले एआरभी खोप आवश्यक पर्ने सेवाग्राहीलाई नियमित रूपमा निःशुल्क सेवा लिन आउन आग्रह गरेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस