धनगढीबाट भन्सार छलीको बिडी र सुर्ति बरामद
२०८३ साउन १९, ०८:१५
धनगढीः कैलालीका धनगढीबाट भन्सार छलीको बिडी र सुर्ति लगाएतका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ आदर्श टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २० हजार ६५० बराबरको बिडी, सुर्ति, चक्लेट, प्लाष्टिक झिल्ली लगायतका सामान सोमबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस