प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट
धनगढीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार प्रदेश प्रमुख निवासमा भेटघाट भएको छ ।
भेटको क्रममा सुनसरी र सिरहा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव यस प्रदेशमा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्वसचेत रहँदै सामाजिक सदभाव कायम राख्ने विषयमा कुराकानी भएको छ ।
साथै, प्रदेश प्रमुख मिँयालाई मनसुनबाट सिर्जना हुनसक्ने विपद् व्यवस्थापनका लागि पूर्वतयारी अवस्थाबारे प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलबारे मुख्यमन्त्री शाहले जानकारी गराएका थिए।
भेटमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था र विकासका सन्दर्भमा पनि आपसी छलफल भएको थियो ।