गेटा मेडिकल विश्वविद्यालयले सार्वजनिक गर्यो १७ जना प्राध्यापक/सह–प्राध्यापकको नतिजा
धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवामा प्राध्यापक तथा सह–प्राध्यापक पदका लागि खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
विश्वविद्यालयले २०८२ फागुन ८ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न विषयका प्राध्यापक तथा सह–प्राध्यापक छनोट प्रक्रिया सम्पन्न गरी योग्यता क्रमका आधारमा सफल उम्मेदवारहरूको अन्तिम नतिजा सार्वजनिक गरेको हो।
सार्वजनिक नतिजाअनुसार विभिन्न विषयमा १७ जना उम्मेदवार छनोट भएका छन्।
विश्वविद्यालयले सार्वजनिक गरेको नतिजामा फोरेन्सिक मेडिसिनको प्राध्यापकमा डाक्टर केशव श्रेष्ठ, इन्टरनल मेडिसिनको प्राध्यापकमा डाक्टर चिरञ्जीवी पन्त, अफ्थाल्मोलोजीको प्राध्यापकमा डाक्टर विक्रमबहादुर थापा र फार्माकोलोजीको प्राध्यापकमा डाक्टर विजय अर्याल सिफारिस भएका छन्।
यस्तै, एनाटोमीको सहप्राध्यापकमा डाक्टर इजु श्रेष्ठ, फिजियोलोजीको सहप्राध्यापकमा डाक्टर डिल्लीबहादुर पुन, माइक्रोबायोलोजीको सहप्राध्यापकमा डाक्टर चन्दनकुमार ठाकुर, बायोकेमेस्ट्रीको सहप्राध्यापकमा डाक्टर सरोज कुँवर तथा नर्सिङको सहप्रध्यापकमा सीग्मा भट्टराईको नाम सिफारिस गरिएको छ।
यसैगरी, ईएनटीको सहप्राध्यापकमा डाक्टर भुवनराज पाण्डेय, प्रसूति तथा स्त्रीरोगको सहप्राध्यापकमा रविन्द्र देव भट्ट, जनरल सर्जरीको सहप्राध्यापकमा डाक्टर विवेक खम्बु, एनेस्थेसियोलोजीको सहप्राध्यापकमा रोविन खापुङ, डेन्टल सर्जरीको सहप्राध्यापकमा नशिव पाण्डेय,बालरोग (पिडियाट्रिक्स) को सहप्राध्यापकम विकास भण्डारी, रेडियोलोजीको सहप्राध्यापकमा अशोकराज पन्त र अर्थोपेडिक्सको सहप्राध्यापकमा शिवराज पनेरु सिफारिस हुन सफल भएका छन्।
विश्वविद्यालयका अनुसार अन्तिम नतिजामा नाम समावेश भएका उम्मेदवारहरूले २०८३ साउन २५ गतेभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
विश्वविद्यालयले सार्वजनिक गरेको यो नतिजा करार सेवामा शिक्षक नियुक्ति प्रक्रियाको अन्तिम चरणअन्तर्गत रहेको जनाएको छ। सम्बन्धित उम्मेदवारलाई तोकिएको समयभित्र केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी आवश्यक औपचारिकता पूरा गर्न विश्वविद्यालयले आग्रह गरेको छ।