सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी- १६ को जनकल्याण आधारभूत विद्यालयमा ३५ बोटबिरुवा वृक्षारोपण

२०८३ साउन १६, ०५:३३ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले हरित शहर निर्माण अभियानलाई अघि बढाउँदै वडा नम्बर १६ स्थित जनकल्याण आधारभूत विद्यालय, जलघुस्रामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा ट्री-गार्डसहित ३५ वटा बोटबिरुवा रोपिएको उपमहानगरपालिकाले जनाएको छ। रोपिएका बिरुवाहरूको संरक्षण तथा दीर्घकालीन व्यवस्थापनलाई ध्यानमा राख्दै टि-गार्ड जडान गरिएको हो।

यस कार्यक्रमले विद्यालय परिसरलाई हरियाली बनाउनुका साथै वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। धनगढी उपमहानगरपालिकाले 'हरियाली धनगढी' अभियान अन्तर्गत विभिन्न विद्यालय तथा सार्वजनिक स्थानहरूमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस