सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी -५ दाहाल चोकदेखि धनगढी-१ हाम्रो डेरीसम्म ४७ स्मार्ट सडक बत्ती जडान

२०८३ साउन १६, ०५:२६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले उज्यालो तथा सुरक्षित सहर निर्माण गर्ने अभियानलाई निरन्तरता दिँदै वडा नम्बर ५ को दाहालचोकदेखि वडा नम्बर १ स्थित हाम्रो डेरीसम्मको सडक खण्डमा सेन्सरयुक्त स्मार्ट सडक बत्ती जडान गरेको छ।

उपमहानगरपालिकाका अनुसार उक्त सडक खण्डमा जम्मा ४७ वटा आधुनिक प्रविधियुक्त स्मार्ट सडक बत्ती जडान गरिएको हो। यी बत्तीहरूमा जडान गरिएको सेन्सर प्रविधिले ऊर्जा बचत गर्नुका साथै आवश्यकताअनुसार स्वचालित रूपमा बत्ती बल्ने र निभ्ने सुविधा प्रदान गर्नेछ।

यस कदमले रातिको समयमा सडक उज्यालो बनाई सर्वसाधारणको आवतजावतलाई सहज बनाउनुका साथै सुरक्षा व्यवस्थामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

धनगढी उपमहानगरपालिकाले “उज्यालो धनगढी” अभियान अन्तर्गत विभिन्न स्थानहरूमा स्मार्ट सडक बत्ती जडान गर्दै आएको छ। आगामी दिनमा पनि अन्य सडक खण्डहरूमा यस्ता प्रविधिमैत्री बत्ती विस्तार गर्ने योजना रहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस