गोलबजार घटनाः गणेश यादवका परिवारलाई दश लाख प्रदान गरिने
२०८३ साउन १६, १२:२५
काठमाडौँ: सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने भएको छ।
गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ। उनको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिक पनि स्थापना गरिने भएको छ।
कमेन्ट लोड गर्नुस