सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङबाट एक वर्षमा ६७९ फरार अभियुक्त पक्राउ

२०८३ साउन १५, ०४:४२ रासस

दाङ: आर्थिक वर्ष २०८२/८३ मा दाङबाट ६५० बढी फरार अभियुक्त पक्राउ परेका छन्। जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधिमा ६७९ जना फरार अभियुक्त पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार विभिन्न प्रकृतिको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका अभियुक्तलाई पक्राउ गरिएको हो। पक्राउ परेका ६७९ जनालाई २४६ वर्ष तीन महिना २४ दिन कैद सजाय र रु एक करोड ३८ लाख ४२ हजार २९७ जरिवाना तोकिएको उgले जानकारी दिए। 

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार फरार अभियुक्तमध्ये १० वर्षपछि पक्राउ परेका ८८ जना छन्। त्यस्तै पाँच वर्षपछि पक्राउ पर्नेमा ७० र पाँच वर्षभन्दा कम समयमा पक्राउ पर्ने ५२१ जना रहेका उनले बताए । विगत एक वर्षमा जिल्लामा विभिन्न प्रकृतिका एक हजार १२८ वटा मुद्दा दर्ता भएका छन्। सबैभन्दा बढी आत्महत्यासम्बन्धी ३३५ र लागुऔषधसम्बन्धी १२६ मुद्दा रहेका उनले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस