सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत तस्करी हुन लागेको चिनियाँ लसुन धनगढीबाट बरामद 

२०८३ साउन १२, ०३:१५ नारायण अवस्थी

धनगढी: कैलालीमा भारत तस्करी हुन लागेको चिनियाँ लसुन बरामद भएको छ।

सोमवार राति सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीले धनगढी-१९ लल्लीपुर, खेदाबाट  ३२० किलोग्राम चिनियाँ लसुन बरामद गरेको बिओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक युवराज मगरले जानकारी दिए।

रातिको समयमा तीन जनाले साइकलमा राखेर  भारततर्फ लैजाँदै गरेको लसुन सशस्त्र प्रहरी बलको बिओपी लल्लीपुरको टोलीले बरामद गरेको हो।

तीन साइकलसहित बरामद लसुनलाई मङ्गलवार कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको  छ। उक्त लसुनको बजार मूल्य एक लाख १० हजार रहेको बिओपी इन्चार्ज मगरले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस