दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद
धनगढीः दुई जिल्ला कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको टीकापुर नगरपालिका–६ बाणीघाट पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २४ हजार बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामान आईतबार राति इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ५० हजार ५८० बराबरको थान कपडा, सुटपिस, साडी, चप्पल, किराना लगायतका सामान आईतबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ।