सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका २ जना लागूऔषधसहित पक्राउ

२०८३ साउन ११, ०९:५८ खबर संवाददाता

धनगढीः कैलालीका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोइन ३२५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय पवन चौधरीलाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। 

यसैगरी, बर्दगोरिया गाउँपालिका–३ खैरेनीबाट खैरो हेरोइन ३४० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आईतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस