सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा घरको छतबाट खसेर एक युवक घाइते

२०८३ साउन ११, ०८:२१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा दुई तले घरको छतबाट खसेर एक युवक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज सोमवार बिहान करिब ४ः०० बजेको समयमा कैलालीको कैलारी गाउँपालिका २ घर भई धनगढी उपमहानगरपालिका वडा नं. ८ बुद्ध चोकस्थित डेरा गरी बस्ने २१ वर्षीय चन्द्र चौधरी छतबाट खसेर घाइते भएका हुन्।

घरको छतबाट अचानक खसेर चौधरीको टाउको, हात, खुट्टा र कम्मरमा गम्भीर चोट लागेको छ। घाइते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याई उपचार जारी रहेको प्रहरीले जनाएको छ। चौधरी बेहोस अवस्थामा रहेका छन्। 

कमेन्ट लोड गर्नुस