सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ  

२०८३ साउन ९, ०८:२५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका-२ कसुवास्थित टेन्ट हाउसका सामान राखिएको गोदामबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ वस्ने ३२ वर्षीय दानसिंह राना सहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय शंकरपुर, कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ९१५ रुपैयाँ र तीन गड्डी तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।    
 

कमेन्ट लोड गर्नुस