सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइतबारको सार्वजनिक बिदा तत्काल नहट्ने, दुईदिने बिदा कायम रहने : सरकारका प्रवक्ता

२०८३ साउन ८, ०३:२७ खबर संवाददाता

काठमाडौं: सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा दिने व्यवस्था तत्काल नहट्ने बताएका छन्।

आइतबार शिक्षा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले आइतबारको बिदासहितको दुईदिने साप्ताहिक बिदा दीर्घकालसम्म कायम रहने संकेत दिएका हुन्।

‘दुई दिन बिदा कायम हुन्छ। सरकारले तत्काल यो व्यवस्था हटाउने सोचेको छैन। अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः सातामा दुई दिन बिदा दिने नै छ,’ उनले भने।

सरकारले गत चैत २२ गते सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त व्यवस्था हाल सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस