दीपक भट्टसँग जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
काठमाडौँ: धितोपत्र सम्बन्धी कसुरको अनुसन्धानका क्रममा हिरासतमा रहेका दीपक भट्टसँग जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रिमाललाई बिहीबार काठमाडौँ–७, सिफलस्थित निवास क्षेत्रबाट पक्राउ गरेको हो।
सीआईबीका सूचना अधिकारी अनुपम शमशेर जबराका अनुसार पक्राउपछि रिमाललाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ।
यसअघि सोही प्रकरणमा पक्राउ परेका दीपक भट्टलाई धितोपत्र सम्बन्धी ऐनअन्तर्गतको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टै मुद्दा चलिरहेका कारण उनी हाल पनि हिरासतमा रहेका छन्।