सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा डेढ लाख बढीको अवैध सामान बरामद

२०८३ साउन ७, ०८:४० खबर संवाददाता

धनगढीः कैलालीमा प्रहरीले डेढ लाख बढीको अवैध सामान बरामद गरेको छ।

भारतबाट भन्सार छली ल्याइएको करिब एक लाख ५१ हजार ४२० रुपैयाँ बराबरको अवैध सामान कैलाली प्रहरीले बरामद गरेको हो। बुधवार बेलुका करिब ८ः१५ बजेको समयमा प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक राम सिंह बोहराको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त सामान फेला पारी बरामद गरेको हो।

धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित त्रिनगर ब्यारेल नजिकै बेवारिसे अवस्थामा राखिएका बाला २३५ पिस, माला ६,९३६ पिस, रुद्राक्ष २८८ पिस र लेडिज स्याण्डल १ पिस फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सामानहरूलाई थप कारबाहीका लागि प्रहरी चौकी त्रिनगरमा राखिएको छ।

कमेन्ट लोड गर्नुस