कञ्चनपुरबाट खैरोहेरोइनसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरोहेरोइनसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको कञ्चनपुर शुक्लाफाँटा–१२ स्यालिनदीबाट अवैध लागूऔषध खैरोहेरोइन ९६० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही शुक्लाफाँटा–७ बस्ने ३० वर्षीय हेम राज जोशी र २८ वर्षीय रविन्द्र नेगी रहेका छन्। अस्थायी प्रहरी पोष्ट बन्साह, कञ्चनपुरबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०१३ प ०७७९ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि स्कुटरसहित पक्राउ गरेको जनाएको छ।