टीकापुरबाट करिब ५८ हजारको भन्सार छलीको सामान बरामद
धनगढी: मङ्गलवार कैलालीको टीकापुरबाट करिब ५८ हजार मूल्यको भन्सार छलीको सामान बरामद भएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलीले टीकापुर-६ वाणीघाट पुलबाट ५७ हजार ७५० मूल्यको बेबारिसे सामान बरामद गरेको हो।
प्रहरीले १८ पाकेट पवन सुर्ती, १० पाकेट आन्टी, ७१ पाकेट संगम बिडी र ७९ पाकेट श्यामलाल सुर्ती बरामद गरेको जनाएको छ।
प्रहरी जवान धर्मबहादुर साउँद नेतृत्वको प्रहरी टोलीले बरामद गरेको उक्त सामान भन्सार कार्यालय सत्तीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।