सुदूर नेपाललाई विश्वसँग जोड्दै

महोत्तरीमा २६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

२०८३ साउन ५, ०५:०० खबर संवाददाता

महोत्तरी: महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडाबाट लागूऔषध खैरो हेरोइनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

मंगलबार बिहान करिब ११ बजे बागमती प्रदेश ०१–००७ ख ८२१ नम्बरको हायसमा सवार भारतका २४ वर्षीय राजा कुमार मण्डललाई प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट २६ ग्राम ९९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।

बरामद गरिएको लागूऔषधसहित मण्डललाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस