सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वासमा सहकारी व्यवस्थापक मृत फेला

२०८३ साउन ५, ०४:४१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका–८ क गाउँस्थित पृथ्वीबस्ती बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक माधवी आचार्य मृत अवस्थामा फेला परेकी छन्। आचार्य सोमवार सहकारीको गोदामभित्र मृत फेला परेकी हुन्।

प्राप्त प्रारम्भिक जानकारीअनुसार आचार्यको शव सहकारी संस्थाकै गोदाममा फेला परेको हो। शव देखेपछि सहकारीकै एक कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले आवश्यक मुचुल्का उठाई घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको प्रारम्भिक अवस्था हेर्दा आत्महत्याजस्तो देखिए पनि पोस्टमार्टम रिपोर्ट र अनुसन्धानको निष्कर्ष नआएसम्म मृत्युको वास्तविक कारणबारे कुनै निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ।

घटनाका सबै पक्षलाई ध्यानमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस