सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ईभी हाईस दुर्घटना, तीन जना घाइते

२०८३ साउन ५, ०९:३१ खबर संवाददाता

धनगढीः कैलालीमा ईभी हाईस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–१ गोप्कास्थित टी एण्ड टी होटल नजिक मंगलबार बिहान सु.प.प्र. ०१–००१ ख ३७१४ नम्बरको ईभी हाईस दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

हाईस आफैँ अनियन्त्रित भई सडकको दाहिनेतर्फको नालामा पल्टिएको छ। दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–७ निवासी २३ वर्षीय चालक मिलन भुजेलसहित दुई सहचालक घाइते भएका हुन्। घाइतेमध्ये सिन्धुलीको दुधौली नगरपालिका–४ निवासी २६ वर्षीय प्रकाश दाहाल को मुख र छातीमा तथा कैलालीको गोदावरी नगरपालिका–२ निवासी २८ वर्षीय सागर उपाध्याय को ढाड र खुट्टामा चोट लागेको छ।

उनीहरूको अवस्था मध्यम रहेको र उपचारका लागि नोभा अस्पताल, धनगढी पठाइएको प्रहरीले जनाएको छ। चालक भुजेलको ढाडमा सामान्य चोट लागेको छ। उनको चौमालास्थित लाइफकेयर क्लिनिकमा उपचार भइरहेको छ। दुर्घटनामा हाईसको अगाडिको र पछाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको छ। दुर्घटनाका बेला गाडीमा चालकसहित तीन जना स्टाफ मात्र सवार रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस