कैलाली कारागारमा अनुगमन
कैलाली: गृह मन्त्रालयका सह-सचिव पुष्पराज शाही, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले आइतबार कारागार सुरक्षा गार्ड कैलालीको अनुगमन तथा निरीक्षण गरेका छन्।
अनुगमनका क्रममा टोलीले कारागारको सुरक्षा व्यवस्था, बन्दीहरूको आवास, सरसफाइ, स्वास्थ्य सेवा तथा समग्र कारागार व्यवस्थापनको अवस्था निरीक्षण गरेको थियो।
निरीक्षणपछि कारागारलाई अझ प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुधारका उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। साथै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै बन्दीहरूको आधारभूत सेवा–सुविधामा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको जनाइएको छ।