सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

२०८३ साउन २, ०९:५२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए। 

मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल रहेका छन् । जिप करिब ५०० मिटर तल खसेको थियो । जिपमा सवार तीन जना घाइते भएका छन् ।घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस