कैलालीको लम्कीबाट खैरो हेरोइनसहित २ जना पक्राउ
धनगढीः कैलालीको लम्कीबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको लम्की चुहा नगरपालिका–४ बलियाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ७०० मिलिग्रामसहित सोही ठाँउ बस्ने २१ वर्षीय उज्जल चौधरी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले उनलाई बिहिबार गोप्य सूचनाको आधारमा उनको घरबाटै उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी, लम्कीचुवा नगरपालिका–४ बलियाबाटै खैरो हेरोइन २१० मिलिग्रामसहित सोही ठाँउ बस्ने वर्ष २३ वर्षीय अमित चौधरीलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लम्की,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ।