सुदूरको तीन जिल्लाबाट ९ लाख ७५ हजारको सामान बरामद
धनगढीः सुदूरपश्चिमको तीन जिल्ला कैलाली, कञ्चनपुर र दार्चुलाबाट भन्सार छलीका ९ लाख ७५ हजार २ सयको सामान बरामद गरिएको छ।
कैलालीको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ८ लाख ४४ हजार ५ सय बराबरको प्लाष्टिक रेकोट, सुर्ति, बिडी लगायतका सामान बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ।
यसैगरी कञ्चनपुरको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ६५ हजारको सुटपिस कपडा र किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
उता दार्चुलको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ६५ हजार ७ सय बराबरको सुटपिस कपडा र किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको बताएको छ।